ओली आज जुम्ला र कालिकोट जाँदै


१७ चैत्र २०७८, बिहीबार
kpoli jhapa A1nZDW57qB

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज (बिहीबार) जुम्ला र कालीकोट जाँदैछन् ।
त्यसका लागि ओली बुधबार साँझ नै नेपालगञ्ज पुगिसकेका छन् । बिहीबार बिहान हेलिकोप्टरमार्फत् ओली जुम्ला र कालिकोट जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा देश दौडाहामा रहेका ओलीले आज जुम्लाको सिंजा र कालीकोटमा एमालेले गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

जुम्ला र कालीकोटबाट अन्य पार्टी परित्याग गरी धेरै नेता-कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेका एमाले जुम्लाले जनाएको छ । उनीहरुलाई ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७