प्रधानमन्त्रीसँगै चार मन्त्री पनि भारत भ्रमणमा जाने


१७ चैत्र २०७८, बिहीबार
deuwa

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भोलि (शुक्रबार) भारत जाँदै छन् । प्रधानमन्त्रीको भारत भ्रमणमा चार मन्त्री पनि सहभागी हुने भएका छन् ।

आज (बिहीबार) बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निणर्य भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७