हाम्रो पार्टी गठबन्धनको विपक्षमा छैन, अझै एकताबद्ध भएर अघि बढ्छौं : देउवा


१७ चैत्र २०७८, बिहीबार
deuwa 1

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आसन्न स्थानीय तहको निर्वाचनमा वर्तमान गठबन्धन कायम गर्नेमा प्रष्ट रहेको बताएका छन् ।

बिहीबार बिहान काठमाडौंमा आयोजित रिपोर्टर्स क्लबको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसको केन्द्रीय समिति बैठकले नै चुनावमा पनि गठबन्धन कायम राख्ने निणर्य गरिसकेकाले यस विषयमा दुइमत नरहेको बताएका हुन् ।

‘हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निणर्य गरेको छ । यसमा कुनै दुईमत छैन’, उनले भने, ‘हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन । हामी अझ बढी एकताबद्ध भएर अघि बढ्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७