चैत २२ गतेभित्र गठबन्धनको अवस्थाबारे स्थानीय तह र प्रदेशले केन्द्रलाई रिपोर्टिङ गर्नुपर्ने


१७ चैत्र २०७८, बिहीबार
gathabandan meeting 20220218021905

काठमाडौं । सत्ता गठबन्धन बैठकले स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चैत २२ गतेभित्र स्थानीय र प्रदेशको रिपोर्टिङ केन्द्रलाई गरिसक्नु पर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले गाउँपालिका,जिल्ला र प्रदेशमा गठबन्धनको अवस्थाबारे रिपोर्टिङ केन्द्रलाई गर्नुपर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश,जिल्ला र गाउँपालिकामा पाँच दलका प्रमुखको नेतृत्वमा बन्ने समितिले प्रतिवेदन तयार गर्नुपर्नेछ । उनले भने, ‘बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने निर्णय भएको छ ।’

उनले भने, ‘त्यसका लागि प्रदेशका दलहरु सम्मिलित नेताहरुको समिति बन्छ । प्रदेशस्तरीय काम प्रारम्भ गर्छ । जिल्लास्तरमा जिल्लाका प्रमुखहरुको समिति बन्छ । त्यो समितिले आफ्नो काम प्रारम्भ गर्छ । स्थानीयस्तरमा स्थानीयस्तरका प्रमुखहरुको समिति बन्छ । त्यो समितिले आफ्नो काम प्रारम्भ गर्छ । २२ गते भित्र आफ्नो प्रदेश, जिल्ला र गाउँपालिकामा पाँच दलको अवस्था कस्तो छ ? केन्द्रलाई विस्तृत रुपमा प्रतिवेदन पेश गर्छ ।’ यस्तै बैठकले पाँचदलीय गठबन्धन एक ठाउँमा उभिएर चुनावमा सहभागी हुने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७