बसको ठक्करबाट पैदल यात्रुको मृत्यु


१७ चैत्र २०७८, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

मकवानपुर । हेटौंडा उपमहानगरपालिका -१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेको नाम र वतन खुल्न सकेको छैन् । बागमती प्रदेश ०३- ००१ ख १३६५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७