तीन एआईजी बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर


१७ चैत्र २०७८, बिहीबार
dig

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवाको निर्णयमा असन्तुष्ट डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले विहीबार रिट दर्ता गरेका हुन् । निवेदकले बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश मागेका छन् ।

बढुवा समितिले गरेको सिफारिसलाई लोक सेवा आयोगका प्रमुख माधव रेग्मी अध्यक्ष रहने उजुरी सुन्ने समितिले बुधबार साँझ सदर गरेको थियो । उजुरी सुन्ने समितिले सदर गरेसँगै मन्त्रिपरिषद्को विहीबारको बैठकले सिफारिस गरिएका वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रहरी प्रवक्ता विष्णुकुमार केसीले लिखित जानकारी पाएलगत्तै बढुवा भएका डीआईजीहरूलाई दर्ज्यानी चिन्ह लगाउने काम अगाडि बढ्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७