नेपालले पपुवा न्युगिनीलाई २०४ रनको लक्ष्य दियो


१७ चैत्र २०७८, बिहीबार
nepali cricket team C2dIZmiDMu

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई जीतका लागि २०४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिए । ३३ बल खेलेका उनले तीन चौका र चार छक्काको मद्दतमा ६६ रन बनाएका हुन् । यसैगरी रोहित पौडेलले ४१, आशिफ शेखले ३८, मोहमद आदिलले ३१, कुशल भुर्तेलले १७ आरिफ शेखले २ तथा करण केसीले १ रन जोडे ।

बलिङमा पपुवा न्यूगिनीका काबुआ मोरेआले तीन विकेट लिए भने राइली हेकुरेले दुई विकेट झारे । त्यस्तै नोर्मान आनुअ र नोसैना पोकनाले समान एक/एक विकेट लिए ।

उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल २ खेलमा लगातार जीतसहित ४ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।
समान दुई खेल खेलेको पपुवा न्युगिनी दुवै खेलमा पराजित हुँदै अङ्कविहीन रहेको छ । त्यस्तै मलेसिया २ खेलमा एक जीतसहित २ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । पपुवा न्युगिनी अन्तिम स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७