सर्लाहीमा स्कुलबाट घर फर्कदै गरेकी छात्राको क्रेनको ठक्करबाट मृत्यु


१७ चैत्र २०७८, बिहीबार

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ७ राजघाटमा क्रेनको ठक्करबाट १७ वर्षकी छात्राको मृत्यु भएको छ ।
दुर्घटनामा स्थानीय नव जन जागरण माविकी छात्रा १७ वर्षकी सुमित्रा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । नम्बर बिनाको क्रेनले स्थानीय नेमी चोक नजिक ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

कक्षा ११ कि छात्रा परियार विद्यालयबाट साइकलमा घर फिर्दै गर्दा दुर्घटना भएको हो । दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाले क्रेनमा आगो लगाएका छन् । आगोले जलेर क्रेनको आधाभन्दा बढी भाग क्षतिग्रस्त भएको छ । शुरुमा सुमित्रालाई टाउकोमा सामान्य ठक्कर लागेको थियो । ठक्करबाट ढलेकी किशोरीलाई क्रेनका चालकले पुनः अर्को पटक ठक्कर दिएपछि उनको मृत्यु भएको आरोप पीडित पक्षको छ ।

घटनास्थलमा अहिले जन जागरण माविका विद्यार्थीहरुले नारा जुलुससहित विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले मृतकको शव समेत घटनास्थलबाट उठाउन दिएका छैनन् । दुर्घटना हुँदा क्रेनमा रहेका चालकसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७