मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने पार्टीलाई कुनै समस्यामा पार्दिनँ : देउवा


१७ चैत्र २०७८, बिहीबार
deuwa 3 scaled

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी गठवन्धनको विपक्षमा नभएको बताएका छन् । बिहीबार रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा गरेका हुन् । आफू अरु पार्टीका नेताहरुको सहयोगमा प्रधानमन्त्री भएको भन्दै उनले सहयोग गर्ने पार्टीसँग मिलेर जाने बताए ।

उनले भने, ‘अरु पार्टीका नेताहरुको सहयोगमा म प्रधानमन्त्री भएको हो । मलाई सहयोग गर्ने पार्टीसँग मिलेर जाने हो । अप्ठ्यारो त पर्नसक्छ तर त्यसलाई समाधान गरेर अगाडि बढ्छौं । त्यसमा चिन्ता गर्ने कुरा छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७