केपी ओलीका गफ गजेडीको जस्तो : अर्जुननरसिंह


१७ चैत्र २०७८, बिहीबार
Arjun narsing KC
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गजेडीको जस्तो गफ गरेर जनतालाई भ्रममा पार्ने गरेको टिप्पणी गरेका छन् ।

गृह जिल्ला नुवाकोटको विदुरमा बिहीबार आयोजित चियापान कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले गजेडीको जस्तो गफ गरेर जनतालाई भ्रममा पार्ने गरेको टिप्पणी गरेका हुन् । ओलीले जनतालाई भ्रममा पार्नका लागि दिने अभिव्यक्तिबाट उन्मुक्ति अहिलेको आवश्यकता भएको नेता केसीले बताए ।

‘संस्थापक नेता माधव नेपाल र झलनाथलाई राख्न नसक्नेले यो बहुला कुरा किन गर्दै हिँड्नुहुन्छ ?,’ ओलीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका बारेमा दिने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले भने, ‘भाषण गर्दा जहाँ जे मन लाग्यो गजेडीको गफ जस्तो कुरा गरेर जनतालाई भ्रममा पार्ने जुन कुरा गरिया छ त्यसबाट उन्मुक्ति अहिलेको आवश्यकता हो ।’

नेता केसीले मन, वचन र कर्मले एक ठाउँमा उभिए पार्टीलाई गठबन्धनको कुनै आवश्यकता नभएको दाबी गरे । ‘मन, वचन र कर्म सम्पूणर् रुपबाट एक ठाउँमा उभिने हो भने कुनै गठबन्धनको बैशाखी नेपाली कांग्रेसलाई आवश्यकै छैन,’ उनले भने, ‘बैशाखी चाहिन्न, हामी नै काफी छौं ।’

अहिलेको आवश्यकता कांग्रेसभित्र सम्पूणर् एकता स्थापित गर्नुपर्नेमा जोड दिँदै केसीले एकढिक्का भएर चुनावमा केन्द्रित भए नुवाकोटका १२ वटै पालिकामा निर्वाचन जितिने पनि दाबी गरे । ‘हामी सम्पूर्ण रुपमा नुवाकोटका कांग्रेस एक ठाउँमा बस्यौं भने म घोषणा गरेर भन्न सक्छु १० वटै गाउँपालिका र दुई नगरपालिका हामी जित्छौं,’ उनले भने, ‘कसैले रोक्न सक्दैन । तर, मनपरी गर्न खोजियो भने एउटा दुईटा जितिहाल्लेला नत्र म भन्न सक्दिनँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७