पीएनजीलाई हराउँदै नेपाल फाइनलमा, करणको ह्याट्रिक


१७ चैत्र २०७८, बिहीबार
Karan KC Bowoling Twm2BJXsc6

काठमाडौं । करण केसीको ह्याट्रिकमा त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पपुवा न्युगिनीसँग खेलिरहेको नेपालले लगातार तेस्रो जित निकालेको छ । नेपालले पीएनजीलाई ३७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

पपुवा न्युगिनी (पीएनजी) सँग टस हारेर ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन जोडेको थियो । नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६६ रनमा समेटिएको हो ।

पीएनजीलाई १६६ रनमा रोक्नका लागि नेपालका करण केसीले ३.४ ओभर बलिङ् गर्दै ५ विकेट लिए । त्यस्तै अविनाश बोहरा र सोमपाल कामीले समान २/२ विकेट लिए भने कप्तान सन्दिप लामिछानेले १ विकेट लिए । सन्दीप लामिछानेपछि टी-२० अन्तराष्ट्रिय क्रिकेटमा ५० विकेट लिने करण पहिलो नेपाली खेलाडी बने ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६६ र मोहम्मद अदिल अलामले २० रन जोडे। यस्तै कुशल भुर्तेल १७ रन, रोहित पौडेल ४१ रन र आशिफ शेख ३८ रन जोडे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७