बर्षमा ३० करोड आर्थिक स्रोत जुटाउने यस्तो छ एमालेको योजना (अपानिसहित)

धनी नेता-कार्यकर्ताले मासिक पाँच हजार लेबी बुझाउनु पर्ने


१७ चैत्र २०७८, बिहीबार
kp oli 20210419163111

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी संगठन परिचालनलाई प्रभावकारी बनाउन लेबी उठाउने अभियानलाई आक्रामक बनाउने योजना ल्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तरपार्टी निर्देशिका-३ जारी गर्दै यस्तो योजना ल्याएका हुन् ।

एमालेमा उच्च आय भएका पाँच हजार नेताहरूले मासिक पाँच हजार लेबी बुझाउने भएका छन् । केन्द्रीय कमिटी बैठकले गरेको निणर्य समावेश गरेर अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको सर्कुलरमा उक्त निणर्य भएको उल्लेख छ । पार्टीको दिगो आर्थिक स्रोतका लागि केन्द्रीयउ लेखा तथा आर्थिक व्यवस्थान विभागको प्रस्तावमा ‘पाँच हजार लेबी दिने पाँच हजार अभियान’ चलाउने निणर्य भएको बताइएको छ । योगदान गर्न इच्छुकको नामावली संकलन चैत महिनाको अन्त्यसम्म केन्द्रीय कार्यालयमा उपलब्ध गराउन पनि भनिएको छ ।

‘पार्टीको दिगो आर्थिक स्रोतका लागि विभाग प्रमुखले ‘पाँच हजार लेबी दिने पाँच हजार जना अभियान’ (फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड अभियान) प्रस्ताव गर्नुभयो । एमालेका उच्च आय भएका पाँच हजार सदस्यले यस कार्यकालभरी नै अनलाइनमार्फत हरेक महिना पाँच हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्‍यौं’, सर्कुलरमा भनिएको छ, ‘आ-आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक कमरेडहरूको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्म केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिन्छ ।’
हेर्नुहोस् एमालेको अपानि

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७