बाबुरामको असन्तुष्टि : उही पुराना सोंच र अनुहार दोहोरिएर के फरक परिणाम आउँला ?


१८ चैत्र २०७८, शुक्रबार
baburam bhattarai
फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुबीच जारी प्रचार र प्रदर्शनको होडबाजीप्रति असन्तुष्टि जनाएका छन् ।

डा. भट्टराई भन्छन् : बिहा गर्ने हतपतमा केटी र केटा माग्नै बिस्र्यो भनेझैं स्थानीय चुनावको गणित मिलाउने र भीड प्रदर्शन गर्ने होडमा देश र जनताका मुद्दा पूरै हराउने जोखिम पो देखिँदै छ त ! राजनीति अब अंकगणित र द्रव्यमै सीमित रहने हो ? उही पुराना सोंच, आचार र अनुहार दोहोरिएर के फरक परिणाम आउला ? हामी कता जाँदै छौं ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७