नेपाल प्रहरीमा भावी आईजीपी को ?


१८ चैत्र २०७८, शुक्रबार
bhabi igp 8XJczbUq3W

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका तीन प्रहरी अधिकारीले बिहीबार फुली लगाए ।

सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई डीआईजीबाट एआईजीमा बढुवा गर्ने निणर्य गरेपछि उनीहरूले बिहीबार नै फुली लगाएका हुन् ।

बढुवा भएका प्रहरी अधिकारीले फुली लगाएसँगै प्रहरीमा ‘आगामी नेतृत्वमा को ?’ भन्ने चर्चा सुरु भइसकेको छ । अब प्रहरीको नयाँ नेतृत्वका लागि चार जना एआईजी प्रतिस्पर्धामा उत्रने निश्चित भएको हो । विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजीमा बढुवा भएका थिए । पोखरेल थापाभन्दा अघि २०७७ मंसिरमा नै एआईजी बनेका हुन् । थापा भने गत असारमा एआईजी भएका हुन् ।

बिहीबार तीन जनालाई सरकारले एआईजीमा बढुवा गरेसँगै सिंह र धानुक पनि भावी प्रहरी महानिरीक्षकका लागि सशक्त दाबेदार बनेका छन् । प्रहरी संगठनभित्र सिंहलाई व्यावसायिक प्रहरी अधिकारीका रूपमा मानिन्छ । प्रहरी नियमावलीमा एआईजीहरूमध्येबाट सरकारले चाहेको व्यक्तिलाई आईजीपीमा नियुक्त गर्न सक्ने प्रावधान छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७