रुसले एक लाख ३४ हजार सेना भर्ती गर्ने, तर युद्धमा नपठाउने


१८ चैत्र २०७८, शुक्रबार
Russian Army1648747243

बेलायत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार रुसको वार्षिक कार्यक्रमअनुसार नै १ लाख ३४ हजार ५ सय नयाँ सैनिक भर्ती गर्ने आदेश पत्रमा हस्ताक्षर गरेका छन् । तर रुसी रक्षा मन्त्रालयले नयाँ सैनिक भर्तीको युक्रेन युद्धसँग कुनै सरोकार नरहेको जनाएको छ ।

रुसले युक्रेनमा गरेको आक्रमण पाँच सातामा प्रवेश गर्न लाग्दा यस्तो आदेश पत्रमा हस्ताक्षर भएको हो । साथै अहिले युक्रेनी फौजले रुसी आक्रमणका सशक्त ढंगले प्रतिकार गरिरहेको अवस्था छ ।

रुसी रक्षामन्त्री सर्गेई सोइगुले मंगलबार यसरी नयाँ भर्ति गरिएको सैनिकलाई कुनै पनि युद्धग्रस्त क्षेत्रमा नपठाइने बताएका थिए । तर युद्ध चलिरहेका बेला यसरी सैनिक भर्तीको विषय अघि आउनुलाई उच्च संवेदनशील नै मानिएको छ ।

यसअघि ९ मार्चमा रक्षा मन्त्रालयले केही नयाँ सेनालाई युक्रेनमा पठाइएको जनाएको थियो । पुटिनले भने सो कुरालाई पटक-पटक अस्वीकार गर्दै व्यावसायिक तथा अनुभव प्राप्त सेना र अधिकारीहरूलाई मात्र युद्धमा परिचालन गरिएको स्पष्ट पारेका थिए ।

सोइगुले मन्त्रालयको आफ्नो वेबसाइटमा भनेका छन्, ‘अधिकांश नयाँ भर्तीमा आउने सेनालाई तालिम केन्द्रहरूमा तीनदेखि पाँच महिनासम्म व्यावसायिक तालिम दिइने छ । तर म के कुरामा जोड दिन्छु भने उनीहरूलाई कुनै युद्धभुमिा खटाइने छैनन् ।’ रोयटर्सबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७