आइपीएल : लखनउको पहिलो जित, चेन्नईको दोस्रो हार


१८ चैत्र २०७८, शुक्रबार

काठमाडौं । चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक ६१ रन बनाए । यस्तै इभिन लेविसले ५५ तथा कप्तान केएल राहुलले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो । चेन्नईका लागि रोबिन उथप्पाले सर्वाधिक ५० रन बनाए । यस्तै शिबम डुबेले ४९ रन र मोइन अलीले ३५ रन बनाए ।

लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले समान२ विकेट लिए । हारसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा चेन्नईलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो । जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७