आज पीएनजी र मलेसिया खेल्दै


१८ चैत्र २०७८, शुक्रबार
PNG

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृङ्खलाअन्तर्गत शुक्रबार मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । अहिलेसम्म पीएनजीले शृङ्खलामा खेलेको तीनै खेलमा पराजयको सामना गरेको छ ।

मलेसियाले भने यसअघि भएको खेलमा पीएनजीलाई ८ रनले पराजित गरेको थियो । फाइनलमा पुग्ने सम्भावनालाई जीवित राख्न पीएनजीका लगि आजको खेल जित्नैपर्ने दबाब छ । आजको खेलमा जित हात पारे पनि फाइनलमा पुग्न पीएनजीले नेपाल र मलेसियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७