स्पेन र जर्मनी विश्वकपको एकै समूहमा (सुचिसहित)


१९ चैत्र २०७८, शनिबार
FIFA World Cup

कठमाडौं, १९ चैत । फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह चरणमा पूर्व विश्वकप विजेता स्पेन र जर्मनी एकै समूहमा परेका छन् । कतारमा आज आयोजित ड्र समारोहमा स्पेन र जर्मनी दुवै समूह ई मा परेका हुन् ।

आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर एकै समूहमा परेका छन् । त्यस्तै इंग्ल्यान्डले अमेरिका, इरान र युरोपेली प्लेअफको विजेतासँग खेल्नेछ । उक्त प्लेअफमा वेल्सले सक्टल्यान्ड र युक्रेनको विजेतासँग खेल्नेछ । साविक विजेता फ्रान्सको समूहमा डेनमार्क, ट्युनिसिया तथा अन्तर महादेशीय प्लेअफको पहिलो खेलको विजेता खेल्नेछन् । उक्त प्लेअफमा अष्ट्रेलिया र यूएईको विजेताले पेरुसँग खेल्नेछ ।

अर्जेन्टिनाको समूहमा मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया परेको छ । ब्राजिल, सर्बिया, क्यामरुन र स्विटजरल्यान्डले एकै समूहमा प्रतिस्पर्धा गर्नेछन् । पोर्चुगल, दक्षिण कोरिया, घाना र उरुग्वे समूह एच मा रहेका छन् ।

बेल्जियम, मोरक्को, क्यानडा र क्रोएसिया समूह एफ मा रहेका छन् । समूह ई मा स्पेन र जर्मनीसँगै र जापान र दोस्रो अन्तर महादेशीय प्लेअफको विजेताले खेल्नेछन् । दोस्रो अन्तर महादेशीय प्लेअफमा कोस्टारिका र न्युजिल्यान्ड खेल्नेछन् ।

हरेक समूहका शीर्ष २ टोलीले प्रि(क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् ।

पूर्ण ड्र

समूह ए – कतार, इक्वेडर, नेदरल्यान्ड्स, सेनेगल

समूह बी – इंग्ल्यान्ड, इरान, अमेरिका, युरोपेली प्लेअफको विजेता (वेल्सरयुक्रेनरस्कटल्यान्ड)

समूह सी – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, प्लेअफ १ को विजेता (अष्ट्रेलियारयुएईरपेरु)

समूह ई – स्पेन, जर्मनी, जापान, प्लेअफ २ विजेता (कोस्टारिकारन्युजिल्यान्ड)

समूह एफ – बेल्जियम, मोरक्को, क्रोएसिया, क्यानडा

समूह जी – ब्राजिल, सर्बिया, स्विटजरल्यान्ड, क्यामरुन

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७