नेतृत्वले मिलाउन नसक्दा कम्युनिस्ट पार्टी तीन टुक्रा भयो : मन्त्री आले


१९ चैत्र २०७८, शनिबार

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने व्यक्तिले पार्टी मिलाउन नसक्दा नेपालमा कम्युनिष्ट पार्टी नेकपा तीन टुक्रा भएको बताएका छन् ।

मोरङ व्यापार सङ्घको आयोजनामा शुक्रबार स्वदेशी उत्पादन प्रवद्र्धन गर्न विराटनगर-२ मा सुरु ‘मोरङ व्यापार सङ्घ टे्रड एक्स्पो’ उनले भने, ‘जनताले दुई तिहाई नजिक पुर्‍याएको नेकपा नेतृत्व गर्ने व्यक्तिले मिलाउन नसक्दा तीन टुक्रा भयो, यो कसका कारणले भयो त्यो कुरा जनताले बुझेका छन् । अब वैशाख ३० गतेको निर्वाचनमा नागरिकले देखाउने छन्, पार्टी फुटाउनेका हैसियत ।’

पार्टीको नेतृत्व गर्ने नेताले पार्टी मिलाउन नसकेका कारण ७० प्रतिशत जितेको कम्युनिष्ट पार्टी अहिले एमाले, नेकपा (माओवादी केन्द्र) तथा अर्को नेकपा (एकीकृत समाजवादी) भएको मन्त्री आलेले बताए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७