युक्रेनी नागरिकता र पैसा पाउन रुसी सैनिकले ट्याङ्कसँगै आत्मसमर्पण गरेपछि…


१९ चैत्र २०७८, शनिबार
russian soldiers surrender for money with tank1648832788

किभ । एक रुसी सैनिकले १० हजार डलर र युक्रेनी नागरिकताको बदलामा ट्याङ्कसँगै आत्मसमर्पण गरेका छन् । ती सैनिकले आफूसँगै युद्धभूमिमा रहेका अन्य दुई साथीहरू भागेपछि र आदेश दिने कमाण्डरले पनि आफूलाई गोली हान्ने धम्की दिएपछि रुसबाट सँगै ल्याएको ‘टी-७२ बीथ्री ब्याटल ट्याङ्क’ युक्रेनी फौजलाई हस्तान्तरण गर्दै आत्मसमर्पण गरेका हुन् ।

टी-७२बी३ ब्याटल ट्याङ्क तुलनात्मक रूपमा नयाँ अपग्रेड गरिएको रुसी मोडल हो । यसको पुरानो भर्जन टी ७२ बी ट्याङ्क थियो जसको इन्जिन, गनरले हेर्ने ठाउँ र फायर कन्ट्रोल सिस्टममा सुधार ल्याइएको छ । यसअघि क्रिमिया र सिरियाको युद्धमा पनि यो ट्याङ्कको प्रयोग भएको छ ।

घटनाबारे युक्रेनका आन्तरिक मामिलामन्त्री भिक्टोर भन्छन्, ‘केही हप्ता अगाडिदेखि नै युक्रेनी पुलिसले रुसीहरूले प्रयोग गरेका फोन पहिचान गरिरहेका छन् । ती फोनमा हामीले रुसी सेनाहरूलाई कसरी आत्मसमर्पण गर्ने र उनीहरूसँग भएका हतियार अनि उपकरणहरू हस्तान्तरण गर्ने भनेर नियमित म्यासेज पठाउने गरेका छौँ । र, केही दिन अगाडि एकजना रुसी पक्षका त्यस्तै सेनाले हामीलाई फोन गरेका हुन् । यसपछि हामीले युक्रेनको सैन्य खुफिया विभागलाई उनीबारे जानकारी दियौँ । तीन सैनिकले पनि यो युद्धको कुनै औचित्य नदेखेका रहेछन् । ती सेनाले बताएअनुसार उनीहरूसँग कुनै खानेकुरा बाँकी थिएन भने सैन्य व्यवस्थापन पनि कोलाहलपूणर् भइसकेको थियो । यसैले पनि हामीले भन्न सक्छौं रुसीहरू हार मानिरहेका छन् ।’

यसपछि यक्रुेनी सेनाहरूले ती रुसी सैनिकलाई आत्मसमर्पण गराउने ठाउँ छनोट गरेका हुन् । यसमा सबैतिर ड्रोन फिट गरिएको एकदम सुरक्षित ठाउँ चयन गरिएको थियो । युक्रेनी स्पेसल फोर्सले त्यसपछि ती रुसी सेनालाई हात माथि राखेर भुँइमा आत्मसमर्पण गरिरहेको अवस्थामा पक्राउ गरेका हुन् ।

मन्त्री भिक्टरकाअनुसार युक्रेनमा पक्राउ परेका सबै रुसी सेनाहरूले युद्ध अवधिभर कैदीका रूपमा बिताउनेछन् । तर उनीहरूलाई सहज वातावरणमा राखिनेछ जसमा टिभी, फोन, भान्छा र नुहाउने व्यवस्था समेत मिलाइएको हुने छ ।

यसअघि युक्रेनको हतियार निर्माता कम्पनीले रुसी लडाकु विमान पक्राउ गर्न मद्दत गर्नेलाई १० लाख डलरको पुरस्कार प्रदान गर्ने अफर गरेको थियो जुन रुसी सेनाहरूका लागि पनि थियो । उनीहरू आफ्नो पक्ष बदलेर रुसी विमान पक्राउ गर्न तयार भए रुसी पक्षले पनि बराबर सो पुरस्कारका लागि योग्य हुने भनिएको थियो ।

यसमा भनिएको थियो, ‘रुसी फेडेरेसनका पाइलटहरू यदि हामीसँग सहकार्य गर्न तयार भएमा हामी हाम्रो स्वतन्त्र देशको नागरिकता समेत दिलाउने ग्यारेन्टी दिन्छौं ।’ यसमा नबिग्रिएको प्रयोग गर्न लायक लडाकु हेलिकप्टर कब्जा गर्न सकेमा अझ बढी पाँच लाख डलरको पुरस्कार दिने पनि कम्पनीले बताएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७