भ्यानको ठक्करबाट मर्निङ वाकमा हिंडेका शिक्षकको मृत्यु, अर्का एक घाइते


१९ चैत्र २०७८, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

झापा । भ्यानको ठक्करबाट आज (शनिबार) बिहान झापामा एक शिक्षकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका पुष्पलाल चोक नजिकै सडकमा मर्निङवाक गरिरहेका अर्जुनधारा-६ बस्ने ५३ वर्षीय कृष्णप्रसाद निरौलाको सवारीको ठक्करका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ५ः१५ बजे प्र १-०१-००१ च ५१०७ नम्बरको पिकअप भ्यानले उनलाई ठक्कर दिएको थियो । निरौला दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन् । उनीसँगै मर्निङ वाकमा हिंडेका बिर्तामोड-५ बस्ने ४५ वर्षका अर्जुन उप्रेती घाइते भएका छन् । उनलाई उपचारका लागि बी एन्डी सी अस्पताल लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७