विश्वकपको उद्घाटन खेल आयोजक कतार र इक्वेडरबीच हुने


१९ चैत्र २०७८, शनिबार
qatar vs

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडर प्रतिद्वन्दी पाएको हो । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर एकै समूहमा परेका छन् ।

fifa worldcup 1 768x431 1

समूह चरणमा पूर्व विश्वकप विजेता स्पेन र जर्मनी एकै समूहमा परेका छन् । स्पेन र जर्मनी दुवै समूह ‘ई’ मा परेका हुन् । समूह ‘ई’ मा स्पेन र जर्मनीसँगै र जापान र दोस्रो अन्तर महादेशीय प्लेअफको विजेताले खेल्नेछन् । दोस्रो अन्तर महादेशीय प्लेअफमा कोस्टारिका र न्युजिल्यान्ड खेल्ने छन् ।

त्यस्तै, इङल्यान्डले अमेरिका, इरान र युरोपेली प्लेअफको विजेतासँग खेल्नेछ । उक्त प्लेअफमा वेल्सले सक्टल्यान्ड र युक्रेनको विजेतासँग खेल्नेछ । साविक विजेता फ्रान्सको समूहमा डेनमार्क, ट्युनिसिया तथा अन्तर महादेशीय प्लेअफको पहिलो खेलको विजेता खेल्ने छन् । उक्त प्लेअफमा अष्ट्रेलिया र यूएईको विजेताले पेरुसँग खेल्ने छ ।

अर्जेन्टिनाको समूहमा मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया परेको छ । ब्राजिल, सर्बिया, क्यामरुन र स्विटजरल्यान्डले एकै समूहमा प्रतिस्पर्धा गर्नेछन् । पोर्चुगल, दक्षिण कोरिया, घाना र उरुग्वे समूह एच मा रहेका छन् । बेल्जियम, मोरक्को, क्यानडा र क्रोएसिया समूह एफ मा रहेका छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले प्रि-क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ ।



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७