युक्रेनको पूर्वी क्षेत्र निकै कठिन अवस्थामा छ : जेलेन्स्की


१९ चैत्र २०७८, शनिबार
zelensky

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य अवस्था निकै कठिन अवस्थामा रहेको बताएका छन् ।

शनिबार बिहान सार्वजनिक गरेको भिडियोमा जेलेन्स्कीले रुसी सेना अहिले उत्तरी क्षेत्रबाट फिर्ता जान थालेको पनि उल्लेख गरेका छन् । रुसी सेनाहरु पछिल्लो समय बिस्तारै फर्किइरहेको तर देख्न सकिने दरमा सेनाहरु फिर्ता नभइरहेको उनको भनाइ छ ।

यद्यपि रुसी सेनाले आगामी दिनमा डोनबास क्षेत्र र खारकिभ शहरमा ठूलो आक्रमणको लागि तयारी गरिरहेको जेलेन्स्कीले बताएका छन् । जेलेन्स्कीले आगामी दिनमा झन् ठूलो द्वन्द्व हुन सक्ने जेलेन्स्कीले बताएका छन् । उनले अहिले नै सबै परीक्षा पार भइसक्यो भनेर सोच्ने अवस्था नभएको जेलेन्स्कीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७