रुसी विदेशमन्त्री र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?


१९ चैत्र २०७८, शनिबार
Lavrov

नयाँदिल्ली । रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार भारत भ्रमणमा आएका लाभरोभले भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसँगको वार्तामा लाभरोभले रुस र युक्रेनबीच जारी शान्ति वर्तासहित युक्रेनको अवस्थाको विषयमा जानकारी दिएका थिए । मोदीले लाभरोभसँग जारी हिंसा अन्त्य गर्न आग्रह गरेका थिए । शाति स्थापनाको प्रयासमा कुनै पनि योगदानको लागि भारत तयार रहेको मोदीको भनाइ थियो ।

यसअघि भारतीय समकक्षीसँगको वार्तापछि भएको प्रेस कन्फ्रेन्समा बोल्दै लाभरोभले भारत र रुसको सम्बन्धमा कुनै पनि किसिमको दबाब नरहेको उल्लेख गरेका थिए । उनले भारतले रुसबाट कुनै किसिमको सामग्री आयात गर्न चाहन्छ भने रुस त्यसका लागि तयार रहेको उल्लेख गरेका थिए । लाभरोभले युक्रेन संकटको क्रममा भारतले लिएको अडानको पनि प्रशंसा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७