निर्वाचनको संघारमा ओलीको देश दौडाहा तीब्र, आज खोटाङ जाँदै


१९ चैत्र २०७८, शनिबार
kpoli jhapa A1nZDW57qB

काठमाडौं । बैसाख ३० को स्थानीय तह निर्वाचनको मिति नजिकिंदै गर्दा दलहरुको चुनावी गतिविधिहरु पनि बढ्दै गएको छ ।
अहिले सत्तारुढ दलदेखि प्रतिपक्षका दलहरु आसन्न निर्वाचनमा आफूलाई बलियो बनाउन मतदाता रिझाउने र कार्यकर्ता बढाउने अभियानमा जुटेका छन् ।

अहिले सबैजसो दलहरुमा पार्टी प्रवेशका कार्यक्रमहरु बाक्लै रुपमा भइरहेका छन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायत तीनै तहमा गठबन्धन गरेर जाने भएका छन् ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि आसन्न निर्वाचनमा आफू बलियो रहेको बताउँदै चुनावी नतिजा आफ्नो पक्षमा पार्न सक्रिय भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधिकांश नेता अहिले अन्य पार्टीका कार्यकर्ता आफूतिर तान्न सबैजसो जिल्लामा सक्रिय बनेर लागेका छन् ।

चुनाव संघारमै आइरहेका बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीको देश दौडाहा पनि बढेकोे छ । एमाले अध्यक्ष ओली आज (शनिबार) खोटाङको दिक्तेल जाँदैछन् । उनी बिहान साढे १० बजे खोटाङ जाने भएका छन् । पार्टीले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ ।

निर्वाचनको संघारमा ओलीले देश दौडाहालाई तीब्रता दिएका छन् । उनी शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेर आएका हुन् । हिजो (शुक्रबार) ओली नेपालगञ्ज पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७