बिरामीको मृत्युपछि अस्पतालमा ढुङ्गामुढा, प्रहरीले गर्‍यो हवाई फायर र अश्रुग्याँस प्रहार


१९ चैत्र २०७८, शनिबार
01 19 0

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ ।

अस्पतालमा उपचाररत गोदावरी नगरपालिका-३ मालाखेतीका विनोदकुमार बोहराको शनिबार बिहान मृत्यु भएपछि उनका आफन्त आक्रोशित बनेका हुन् । डाक्टरको लापर्बाहीले बिरामीको मृत्यु भएको भन्दै उनीहरूले अस्पतालमा तोडफोड गरेका छन् ।

‘डाइरिया भएपछि राति अस्पताल आएका रहेछन् । बिहान साढे ४ बजे उपचारका क्रममा बिरामीको मृत्यु भएको हो’, जिल्ला प्रहरी कार्यालय (कैलाली) का डीएसपी वेदप्रकाश जोशीले भने, ‘अस्पतालका डाक्टर लापरवाहीले बिरामीको ज्यान गएको भन्दै आक्रोशित आफन्तहरुले ढुङ्गामुढा गरेका छन् ।’

उनका अनुसार ढुङ्गामुढाबाट अस्पतालको अगाडिपट्टिको सिसा र एम्बुलेन्समा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको डीएसपी जोशीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७