प्रधानमन्त्री देउवा राजघाटमा


१९ चैत्र २०७८, शनिबार

नयाँदिल्ली । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन् । शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवा शनिबार बिहान पत्नी आरजु देउवासहित राजघाट पुगेका हुन् ।

उनले राजघाटस्थित गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेका छन् । केहीबेरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दुईपक्षीय भेटवार्तापछि केही बेरमा दुवै देशका प्रधानमन्त्रीले नेपाली रेलको उद्घाटन कार्यक्रम गर्ने तयारी छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि नेपाल रेल्वे कम्पनीको रेल गुड्ने छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७