हैदरावादमा देउवा-मोदी भेट (तस्विरहरु)


१९ चैत्र २०७८, शनिबार
deuba modi Iw1DrmzKGp 1

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीबीच भेटवार्ता हुँदैछ । शनिबार बिहान हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदी र देउवा पुगेका हुन् ।

pm deuba modi2 20220402113832

हैदराबाद हाउसमा देउवा र मोदीबीच एक्ला-एक्लै तथा द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुँदैछ । शनिबार हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम छ ।

deuba modi4 fJuiwp9RlD

त्यस्तै, नेपालमा भारतीय सहयोगमा निर्मित १३० भन्दा बढी स्वास्थ्य चौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले भनेजस्तै ऊर्जा कृषि स्वास्थ्य र यातायात क्षेत्रमा छलफल गर्न विभागीय मन्त्रीहरू भ्रमण टोलीमा समावेश छन् ।

haidarbad wWtcEtSg51

ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत अधिकारीले नेपालमा उत्पादित ऊर्जा भारतमा निर्यात तथा बिक्री वितरणका बारेमा छलफल गर्नेछन् । त्यस्तै कृषिमन्त्री महेन्द्रराय यादवले मल खरिद सम्झौता गर्नेछन् । स्वास्थ्यमन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्काले पनि आफ्नो विभागीय विषयमा छलफल तथा सम्झौता हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७