देउवा-मोदीको भेटवार्ता सकियो, संयुक्त पत्रकार सम्मेलन गरिंदै


१९ चैत्र २०७८, शनिबार
deuba modi 2 h1seqUH19d

नयाँदिल्ली । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘एक्ला-एक्लै’ भेटवार्ता सकिएको छ । भेटवार्तामा नेपाल-भारत आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

deub modi jzQwWLc0Ay

भेटवार्ता सकिए लगत्तै हैदरावाद हाउसमा नेपाल-भारत द्विपक्षीय बैठक शुरु भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् । बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अब दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७