नेपाल र भारतबीच द्वीपक्षीय वार्ता शुरु


१९ चैत्र २०७८, शनिबार
deuba modi

नयाँदिल्ली । नेपाल र भारतबीच द्वीपक्षीय वार्ता शुरु भएको छ । शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्ता शुरु भएको हो । बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेतृत्व गरेका छन् ।

बैठकमा नेपाल भारत सम्बन्धलगायत विभिन्न विषयमा सम्झौता हुने जनाइएको छ । हैदराबाद हाउसमा केही समयपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रमको आयोजना हुँदैछ । वार्तापछि प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर जनकपुर-जयनगर रेल सेवाको शुभारम्भ गर्दैछन् । दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दुई देशका प्रधानमन्त्रीको भेटलाई नेपाल-भारतबीचको सम्बन्धलाई नवीकरणको रुपमा टिप्पणी गरेका छन् । उनले दुई प्रधानमन्त्रीबीच विभिन्न विषयवस्तुमा बृहत्तर छलफल भएको बताएका छन्। प्रधानमन्त्री देउवा र मोदीबीचको भेटले दुई मुलुकको सम्बन्धले नयाँ उचाईं प्राप्त गरेको विस्वास भारतीय विदेश मन्त्रालयले व्यक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७