देउवा-मोदीले गरे जनकपुर-जयनगर रेल र सोलु करिडोर प्रशारण लाइनको उद्घाटन


१९ चैत्र २०७८, शनिबार
deuba modi7 6hiSUc0suZ

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार भर्चुअल माध्यमबाट जनकपुर-जयनगर रेल र सोलु करिडोरको प्रशारण लाइनको उद्घाटन उद्घाटन गरेका छन् ।

हैदराबाद हाउसमा द्पिक्षीय वार्तापछि रेलसेवा उद्घाटन गरेका हुन् । यस्तै प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले सोलु करिडोरको प्रशारण लाइनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले १३२ केभीको ९० किलोमिटर लामो प्रशारण लाइनको उद्घाटन गरेका हुन् ।

Train

सोलु करिडोर विद्युत् प्रशारण लाइन सोलुखुम्बुमा उत्पादित जलविद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न भारतको निर्यात आयात बैंकको सहुलियतपूणर् ऋण सहयोगमा बनाइएको हो ।

solu

सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिन्लास्थित सबस्टेसनसम्म ३०२ वटा टावरसहित सोलु करिडोर १३२ केभी प्रशारण लाइन निर्माण गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७