नेपाल र भारतको जस्तो मित्रता विश्वमा कहीं देख्न पाइँदैन : मोदी


१९ चैत्र २०७८, शनिबार
modi deuba12 H2rSUEA1OI

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको बताएका छन् । आज (शनिबार) नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सभ्यता, संस्कृति र आदान-प्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताएका हुन् ।

उनले पत्रकार सम्मेलनमा भने, ‘भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्ध जस्तो उदाहरण विश्वमै कहीं देख्न पाइँदैन ।’

मोदीले भने, ‘अनादिकालदेखि हामी एक अर्काका सुख-दुःखका साथी रहेका छौं ।’ यसअघि दुवै देशका प्रधानमन्त्रीले जयनगर-कुर्था रेल, सोलु करिडोर प्रसारण लाइन, डिजिटल भुक्तानी ’रुपे’ उद्घाटन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७