नेपाल-भारतबीच यी चार सम्झौतामा हस्ताक्षर


१९ चैत्र २०७८, शनिबार
deuba modi 2 h1seqUH19d

नयाँदिल्ली । नेपाल र भारतबीच विभिन्न चार सहयोग सम्झौता भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारत भ्रमणका क्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

देउवा र उनका समकक्षी नरेन्द्र मोदीबीच एकल र प्रतिनिधि मण्डलस्तरीय भेटवार्तापछि उक्त समझदारीपत्रमा दुवैतर्फका सरकारी अधिकारीले हस्ताक्षर गरेका थिए ।

इन्टरनेशनल सोलार एलाइन्समा नेपालको प्रवेश सम्बन्धि समझदारी, भारतीय आयल निगम र नेपाल आयल निगमबीच पेट्रोलियम पदार्थ आपुर्ती सम्झौता, भारतीय आयल निगम र नेपाल आयल निगमबीच प्राबिधिक सहयोग अर्को सम्झौता र सीमापार रेलसम्बन्धी प्राविधिक सहयोग सम्बन्धि समझदारी पत्रमा नेपाल र भारतबीच हस्ताक्षर भएको हो ।

सीमापार रेलसम्बन्धी प्राविधिक सहयोग समझदारी अनुसार रेल सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा भारत सरकारले सघाउनेछ । नेपालका विश्वविद्यालयको पाठ्यक्रममा रेल्वे विषय समावेश गरी अध्यापन गराउन भारतले सहयोग गर्ने पनि समझदारीमा उल्लेख छ । त्यस्तै, रेलसेवामा काम गर्ने इन्जिनियरलाई तालिम दिने र भारतले रेल विषय अध्ययन गर्न चाहनेलाई छात्रवृत्ति उपलब्ध गराउने विषय पनि उक्त समझदारीमा समेटिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७