मोदीलाई देउवाले दिए नेपाल भ्रमणको निम्तो

सीमा विवादबारे मोदीलाई देउवाको प्रस्ताव : स्थापित संयन्त्रबाट निकास निकालौं


१९ चैत्र २०७८, शनिबार
deub modi jzQwWLc0Ay

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नयाँ दिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो गरेका हुन् ।

‘प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतिक्षारत छु । उहाँलाई नेपाल आउनका लागि आग्रह गर्छु,’ उनले भने । प्रधानमन्त्री देउवाले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन दुवै जना सहमत भएको बताए ।

तीन दिने राजकीय भ्रमणमा भारत आइपुगेका प्रधानमन्त्री देउवाले आजै उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्दैछन् । त्यसपश्चात उनी आजै भारतीय व्यवसायीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । आइतबार प्रधानमन्त्री उत्तर प्रदेशन जानेछन् । त्यहाँ उनले मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी आइतबारै नयाँ दिल्ली हुँदै स्वदेश फर्केने छन् ।

सीमा विवादबारे मोदीलाई देउवाको प्रस्ताव : स्थापित संयन्त्रबाट निकास निकालौं
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी नरेन्द्र मोदीसँग नेपाल-भारतबीचको विवादीत सीमाबारे छलफल गरेका छन् । नयाँ दिल्लीको हैदरावास हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूहरुबीच सीमा विवादबारे छलफल भएको बताए । उनले विवादी सीमाको समस्या संयन्त्रमार्फत् समाधान गर्न प्रस्ताव गरेको बताए । ‘सीमा समस्याबारे हामीबीच छलफल भएको छ । सीमा समस्या संयन्त्रमार्फत् समाधान गर्न प्रस्ताव गरेको छु,’ प्रधानमन्त्री देउवाले भने ।

उनले कोरोना महामारीको बेला भारत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे । उनले नेपाल र भारतबीच सौहार्द वातावरण रहेको र दुई देशबीचको सम्बन्ध बहुआयामिक भएको बताएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका बेला सन् २०१४ मा सुस्ता र कालापानी क्षेत्रको सीमा विवाद समाधान गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्र गठन गर्ने सहमति गरेका थिए । सोही समयदेखि दुई देशबीचको सीमा समाधान गर्न संयन्त्र खडा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७