२०७८ चैत २० गते आइतबारको तपाईको राशिफल

पञ्चाङ्गः वैधृति कौलव अश्विनी , मत्स्य जयन्ती व्रत/मत्स्यनारायण मेला


२० चैत्र २०७८, आईतवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । वाक्चातुर्यले सङ्कल्पसिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर पनि जुराउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न नसकिएला । साँझमा खर्च समेत बढ्ने योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । शेयर बजारको साथ मिल्ने छ । पारिवारिक जमघटको वातावरण बन्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रोकिएका महत्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापार भने सामान्य नै हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठीक समयमा सही निणर्य लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । लाभदायक र फाइदामूलक योजना बन्ने छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारीको काममा उल्झन आउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आर्थिक कारोबार भने कमजोर रहला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झनु पर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७