बेपत्ता युक्रेनी पत्रकार किभ नजिकै मृत फेला


२० चैत्र २०७८, आईतवार
death

कीभ । युक्रेनले शनिबार फोटोग्राफर तथा वृत्तचित्र निर्माता मक्स लेविन राजधानी किभ नजिकै मृत फेला परेको जनाएको छ । दुई साताअघिदेखि सार्वजनिक रूपमा नदेखिएका उनलाई रुसी सेनाले हत्या गरेको आरोप युक्रेनी राष्ट्रपतिका सहयोगी आन्दे्र यार्माकले दाबी गरेका छन् ।

राष्ट्रपति सहयोगी आन्द्रे यार्माकले टेलिग्राममार्फत् जारी विज्ञप्तिमा भनेका छन्, ‘लेविन कीभ क्षेत्रमा मार्च १३ मा युद्ध क्षेत्रबाट हराएका थिए । उनको शव अप्रिल १ मा गुटा मेझिगिर्स्का गाउँ नजिकै फेला परेको छ ।’

टेलिग्रामको वक्तव्यमा भनिएको छ, ‘प्रारम्भिक अनुसन्धानबाट सशस्त्र म्याक्सिम लेविनलाई दुईवटा गोली प्रहार गरी रुसी सशस्त्र बलका सैनिकहरूले मारेका भेटिएको छ ।’ युक्रेनले केही दिन पहिले नै युद्धको रिपार्टिङ्ग गर्ने सिलसिलामा लेविनलाई रूसी सेनाले ‘कब्जामा लिई बेपत्ता’ बनाएको बताएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७