दक्षिण-पश्चिम चीनमा माटोको बहावमा ६ जना बेपत्ता


२० चैत्र २०७८, आईतवार
badhi

काठमाडौं । चीनको दक्षिण-पश्चिमी युनान प्रान्तमा रहेको राजमार्ग मर्मत स्टेसन नजिकैको माटोको पानी बगेर शनिबार बिहान ६ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

शनिबार करिब १ बजे ड्रुङनुमा सो दुर्घटना भएको हो । लगातारको वर्षापछि गोङ्सानको नु स्वायत्त काउन्टीले यस क्षेत्रमा दुईवटा अटो मर्मत गर्ने ठाउँ र एउटा स्क्र्याप मेटल रिसाइकल गर्ने सुविधा पुरिएको काउन्टी सरकारको सूचना कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खोज र उद्धार कार्य जारी छ । अहिले वरपरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७