एमालेको वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश


२० चैत्र २०७८, आईतवार
maobadi

रुकुम पूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-४ एमाले मुक्त वडा भएको छ । सिंगो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि वडा नै एमालेविहीन भएको हो । यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो ।

अहिले त्यहीं सिङ्गो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुकुमपूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए । उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेको वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्य टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूणर् बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सूर्यमान पुन, भरण विक, धनलब बुढा छन् ।

उनीहरू सबैलाई जिल्ला इन्चार्ज ओली र पार्टी गाउँ सङ्गठन समितिका इन्चार्ज जिताराम कामीले फूलमाला, अबिर तथा खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । त्यहाँ सिङ्गो वडा कमिटीसँगै एमाले समर्थित सबै नागरिक पनि माओवादीमा प्रवेश गरेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७