रियलको जितमा बेन्जेमाको दुई गोल


२० चैत्र २०७८, आईतवार
karim benzema QgsNELSLEl

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । करिम बेन्जेमाको दुई गोलको सहयोगमा लिडर रियल मड्रिडले सेल्टा भिगोमाथि २-१ गोलको जित निकालेको हो ।

सेल्टाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जेमाले दुई गोल गरे । उता सेल्टाका लागि नोलिटोले एक गोल फर्काए । खेलको १९औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा सेल्टाका लागि नोलिटोले बराबरी गोल फर्काए ।

६९औं मिनेटमा बेन्जेमाले रियलका लागि पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-१ गोलको जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको रियलको ३० खेलबाट ६९ अङ्क जोडेको छ । रियलले दोस्रो र तेस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई १२ अङ्कले पछि पारेको छ । पराजित सेल्टा ३६ अङ्क जोडेर ११औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७