चन्द्रागिरिको बाडभञ्ज्याङमा बिसे नगर्चीको शालिक निर्माण


२० चैत्र २०७८, आईतवार
bise nagarchi JEofLN5rfP

काठमाडौंं । चन्द्रागिरि नगरपालिकाको बाडभञ्ज्याङमा बिसे नगर्चीको शालिक निर्माण गरिएको छ । बिसे नगर्ची स्मृति वाटिका निर्माण समितिले नगर्चीको पूर्ण कदको शालिक निर्माण गरी शनिबार अनावरण गरेको हो ।

विसं १७४६ मा जन्मिएका नगर्चीले राज्य एकीकरणका क्रममा राष्ट्रमा आर्थिक सङ्कट परेको समयमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई एक रुपैयाँको ढ्याक दिई गोरखाका १२ हजार घरधुरीबाट एक/एक रुपैयाँ उठाउन सुझाव दिएका थिए । नगर्चीले पृथ्वीनारायण शाहलाई कासीमा हतियार किन्न जाँदा श्रीहर्षसँगै लिएर जान र कालु पाँडेलाई राज्यको मूल काजी बनाउन सुझाव दिएका थिए ।

प्रतिनिधिसभाका सांसद अञ्जना विसंखेले बिसे नगर्ची कुनै एउटा समुदायको मात्र नभएर सिङ्गो राष्ट्रको व्यक्ति भएकाले राज्यले सम्मान गर्नुपर्नेमा जोड दिइन् । समितिका अध्यक्ष दिनेश परियारले बिसे नगर्चीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरे ।

करिब रु ६० लाखको लागतमा शालिक निर्माणसँगै बाटिका निर्माण गरिएको हो । त्यसैगरी शनिबारै बाडभञ्ज्याङ स्वास्थ्य चौकी भवन र घट्टेडाँडा पार्कको आज उद्घाटन गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७