चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु


२० चैत्र २०७८, आईतवार
chatyang

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-२ आम्वेगुदिन ल्हासा टोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बेलुका करिब साढे ८ बजेतिर चट्याङ लाग्दा स्थानीय २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो ।

उनी पालिकास्तरीय भलिबल खेलाडी पनि हुन् । चट्याङ लागेपछि उनलाई तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्‍याइएको र त्यहाँका स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७