मलेसियाका राजा-रानीलाई नै कोरोना संक्रमण


२० चैत्र २०७८, आईतवार
Malaysia raja rani G9q52o8vKQ

काठमाडौं । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोरोना संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका छन् । उनीहरूमा हल्का लक्षण देखिएका छन् ।

शाही दम्पती अहिले आइसोलसनमा छन् । शुक्रबार मध्यरातसम्म १७,४७६ नयाँ कोभिड-१९ सङ्क्रमण देखिएपछि राष्ट्रिय कुल संख्या ४२ लाख १९,३९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै थप ३० जनाको मृत्यु भइसकेको छ, जसले देशको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३५,०१३ पुगेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७