इमरान खानविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुँदै


२० चैत्र २०७८, आईतवार

काठमाडौं । पाकिस्तानको राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलले ल्याएको अविश्वास प्रस्तावमा आज (आइतबार) आज मतदान हुँदैछ । विपक्षीहरूले प्रधानमन्त्री इमरान खानलाई आर्थिक अराजकताको आरोप लगाएका छन् ।
प्रधानमन्त्री खानका लागि अगाडिको बाटो सजिलो नभएको विज्ञहरूले बताएका छन् । एकातिर उनको विरोधमा प्रतिपक्ष उभिएको छ भने अर्कातिर आफ्नै पार्टीमा पनि धेरै नेता उनका विपक्षमा लागेका छन् ।

स्थानीय समयानुसार अहिले बिहान साढे ११ बजे राष्ट्रिय सभाको बैठक सुरु हुनेछ र उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनेछ। सबै कुरा संविधानबमोजिम भयो र सभामुख तटस्थ रहे भने इमरानको सरकार ढल्ने निश्चित रहेको बताइएको छ । ​

पाकिस्तानमा अर्को आम निर्वाचन हुन अझै डेढ वर्ष बाँकी रहेका बेला इमरान खानले विपक्षीहरूले अमेरिकासँग मिलेर आफूलाई पदबाट हटाउन खोजेको दाबी गर्दै यसविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने बताएका छन्। तर उनको आरोपलाई विपक्षी र अमेरिकाले झुटो भनेका छन् ।

इमरान खानले विश्वासको मत गुमाए भने लन्डनमा बसोबास गरिरहेका पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ शाहबाज शरिफ आगामी प्रधानमन्त्री हुने विश्वास गरिएको छ । शनिबार राति इमरानले पार्टीका सांसदहरूलाई आफ्नो घरमा बोलाए । जियो न्युजका अनुसार उनले बोलाएको बैठकमा १ सय ४० सांसद मात्रै पुगेका थिए। विपक्षी गठबन्धन (पाकिस्तान डेमोक्रेटिक फ्रन्ट वा पीडीएम) तर्फ भने सांसदको संख्या २ सय नाघेको छ । अर्थात् इमरान नेतृत्वको सरकार मतदानअघि नै अल्पमतमा परेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७