चुनावको मुखमा राक्सिराङका जनप्रतिनिधिले त्यागे सरकारी सुविधा


२० चैत्र २०७८, आईतवार
Raksirang qg5hpKOhtY EKkA0IYIeD

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले सरकारी सेवा सुविधा त्यागेका छन् ।
पाँच वर्षे कार्यकाल सकिनै लाग्दा उनीहरुले सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका हुन् । शनिबार राक्सिराङ-९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै उनीहरुले सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन् । उनीहरु सबै कांगे्रसबाट विजयी भएका थिए ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको बैठकले अब तलब भत्ता नलिने निणर्य गरेको हो । ‘स्थानीय तहको निर्वाचन घोषणा भइसकेको अवस्थामा अब हामी आआफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा व्यस्त हुनुपर्ने भएकाले नैतिकताको आधारमा सरकारी सुविधा त्याग गरेका हौँ,’ अध्यक्ष राजकुमार मल्लले भने ।

शनिबार अन्तिम कार्यपालिका बैठक बसेपछि उनीहरु एकअर्कालाई फूलमाला र अबिर लगाएर बिदासमेत भएका छन् । ‘राजीनामा दिएर पनि चुनावमा होमिँदा जनताको काम प्रभावित हुने भएकाले कार्यालयबाट हुने जनताको काम चाहिँ गर्ने तर, सरकारी सुविधा चाहिँ त्याग गर्ने निष्कर्षमा पुगेका छौं,’ अध्यक्ष राजकुमार मल्लले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७