एआईजी बढुवाविरुद्धको रिटमा सुनुवाइ हुँदै, रेग्मीको एकल इजलासमा पेसी


२० चैत्र २०७८, आईतवार
dig karki o57PQ3MAEk

काठमाडौं । सरकारले गरेको एआईजी बढुवाविरुद्धको रिटमाथि आज (आइतबार) सुनुवाइ हुँदैछ । डीआईजी ईश्वरबाबु कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिएको छ ।

सरकारले वरीयता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट तीन डीआईजी सर्वोच्च अदालत गुहार्न पुगेका हुन् । डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीको रिट निवेदन भने दर्ता हुन बाँकी रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र र वीरेन्द्रबहादुर धानुकलाई सरकारले गत बिहीबार एआईजीमा बढुवा गर्ने निणर्य गरेको थियो । उनीहरुलाई बढुवा सिफारिस गर्नासाथ तीन डीआईजीले त्यसविरुद्धको सुनुवाइ समितिमा उजुरी गरेका थिए । तर समितिले पनि सिफारिस सदर गरेपछि उनीहरुले सर्वोच्चमा मुद्दा हालेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७