मधेस प्रदेशमा सत्तारुढ दल तालमेल गर्ने तयारीमा


२० चैत्र २०७८, आईतवार
pradesh2 finnal

धनुषा । सत्तारूढ गठबन्ध आबद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी शुरु गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप सत्तारूढ दलको मधेस प्रदेशस्तरीय बैठक आज बस्न लागेको छ ।

चुनावी तालमेलका विषयमा छलफल गर्न जनकपुरधामस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा आज बैठक बस्न लागेको जनता समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले जानकारी दिए । बैठकमा सत्ता गठबन्धनमा आबद्ध जसपासहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश अध्यक्ष तथा केही शीर्ष नेता सहभागी हुने अध्यक्ष यादवले बताए ।

बैठकमा तालमेल कसरी गर्ने, कुन स्थानीय तहमा कुन पार्टीले उम्मेदवारी दिनेलगायतका विषयमा छलफल हुने जनाइएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निणर्य सत्ता गठबन्धनले गरिसकेको छ । सो निणर्यपछि मधेस प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलले छलफल अगाडि बढाएको छ । मधेस प्रदेशमा एक महानगरपालिकासहित १३६ स्थानीय तह छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७