१४ सांसदबारे सुनुवाइ रोक्न सर्वोच्चमा माधव नेपाल पक्षको निवेदन


२० चैत्र २०७८, आईतवार
sarbochha 1

काठमाडौं । नेकपा एमाले छाडेका माधव नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमा आज (आइतबार) पूर्ण सुनुवाइ हुने भएपछि त्यसलाई रोक्न निवेदन परेको छ ।

पूणर् सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको अवस्थामा माधव नेपाल पक्षले रोक्न माग गर्दै निवेदन दिएको हो । यसअघि फागुन २९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो ।

निवेदकले संवैधानिक तथा कानुनी प्रश्न उठाएको भन्दै छिटोछरितो निरुपण गर्ने गरी रुपमा पूर्ण सुनुवाइ गर्न आदेश दिइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई समेत विपक्षी बनाई रिट हालेका थिए । एमालेले नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेपछि सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरेको थियो ।

तर सभामुख सापकोटाले कारबाही अघि नबढाई सूचना टाँस्न अस्वीकार गरिदिए । आयोगले पनि नेपाल नेतृत्वको समाजवादीलाई दलको मान्यता दिएपछि अध्यक्ष ओलीले रिट हालेका थिए । यही विषयलाई लिएर गत भदौ २३ गतेदेखि एमालेले प्रतिनिधि सभा बैठकमा पनि निरन्तर अवरोध गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७