माधव नेपालसहित १४ सांसदविरुद्धको रिटको भएन अन्तिम सुनुवाइ


२० चैत्र २०७८, आईतवार
sarbochha 1

काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाइ आइतबार पनि नहुने भएको छ ।

मुद्दा हेर्न नमिल्ने भन्दै आइतबार सुनुवाइ नभएको हो । १४ सांसदमध्ये सोमप्रसाद पाण्डेको मुद्दा यसअघि न्यायाधीश नहकुल सुवेदीले सुनुवाइ गरेका कारण आफूले हेर्न नमिल्ने जानकारी गराएका हुन् । यसअघि माधव नेपाल पक्षका कानुन व्यवसायीले समेत आइतबारको सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । तर त्यसलाई न्यायाधीश अनिलकुमार सिन्हा र सुवेदीले अस्वीकार गरेका थिए ।

सुनुवाइ अगाडि बढाउने बताए पनि हेर्न नमिल्ने भएपछि रोकिएको हो । मुद्दाको पूर्ण सुनुवाइका लागि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेशी तोकिएको थियो ।

यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको इजलासले रिटलाई पूणर् सुनुवाइमा लैजाने निणर्य गर्दै आज पेशी तोक्न आदेश दिएको थियो । एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसदलाई कारबाही र त्यसैका आधारमा दर्ता गरिएको एकीकृत समाजवादी पार्टी खारेज गर्न ओलीको माग छ । २०७८ भदौ १७ गते रिट दायर भए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७