दुई हजारा बढी रुग्ण आयोजनाका ठेक्काको म्याद थप्ने तयारीमा सरकार


२० चैत्र २०७८, आईतवार
sisdol

काठमाडौं – सरकारले निर्माण अवधि सकिएका दुई हजार बढी आयोजनाहरुको एकै पटक म्याद थप्ने तयारी गरेको छ । झण्डै एक दशकसम्म नबनेका यस्ता कयौं सडकसहित विभिन्न निर्माणसम्बद्ध आयोजनाका ठेकदारहरुले ठेक्काको थप अवधि पाउने भएका छन् ।

आठ वर्षसम्म सडक नबनेपछि काठमाडौं उपत्यकाको फोहोर बिर्सजन हुने सिसडोल क्षेत्र जाने सडक स्थानीयले अवरुद्ध गरेका छन् । काठमाडौंको चाबहिल-साँखु सडक खण्डका स्थानीयहरु पनि यही समस्याले ग्रसित भएपछि पटक-पटक आन्दोलित भएका छन् । ढोलाहिटी सुनाकोठीका सडक खण्डका स्थानीयले पनि आन्दोलनकै बाटो रोजेका छन् ।

सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनले वर्षौंदेखि रुग्ण ठेक्काको म्याद थप गर्न बाटो खोलिसकेको छ । यसै कारण विभिन्न विकासे अड्डाहरुमा निर्माण व्यवसायीले धमाधम आयोजनाहरुको म्याद थप गर्न फाइल पेश गरिरहेका छन् । म्याद थप गर्न १० दिन मात्रै बाँकी रहेकाले अधिकांश रुग्ण आयोजनाका फाइल विकासे अड्डामा चाङ लागेका छन् ।

ठेक्काको म्याद थप माग्दा धेरै आयोजनाले ठेक्काको भेरियसन समेत माग्ने गरेका छन् । यसले गर्दा निर्माण अवधि लम्बिने र लागत पनि थपिने अवस्था हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७