जुन उद्देश्यले गठबन्धन गरिएको थियो, त्यो कायमै छ : प्रचण्ड


२० चैत्र २०७८, आईतवार
prachanda 4


महोत्तरी । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुन उद्देश्य राखेर सत्ता गठबन्धन गरिएको थियो, त्यो कायम रहेको बताएका छन् ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनबीच तालमेल गर्ने वा नगर्ने भनी चर्को बहस चलिरहेका बेला प्रचण्डले आइतबार यस्तो बताएका हुन् । ‘संविधानको रक्षा गर्ने, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्ने र राष्ट्रिय स्वाधीनता र राष्ट्रियताको रक्षा गर्ने भनेर हामीले गठबन्धन बनाएको हो’, महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जुन अझै कायम छ ।’

उनले फेरि देशलाई निरंकुशतातर्फ लैजाने प्रयास भइरहेको आरोप पनि लगाएका छन् । ‘फेरि गणतन्त्र, संविधान उल्ट्याएर निरंकुशतातर्फ लगी देशलाई फेरि अराजकतातर्फ लैजान गत सालबाट संविधानविरुद्ध गएर जसरी प्रतिनिधिसभा विघटन गरियो र देशलाई अँध्यारो सुरुङमा हाल्ने षड्यन्त्र भयो’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७